बिषेश सुचना

शुभरत्न बचत तथा ऋण  सहकारी संस्थाको २०७१–७–२८ गते संस्थाको कार्यालय भोटाहिटीमा विहान ८–१० बजेसम्म चौथो बार्षिक साधारण सभा सम्पन्न हुने भएकोले उपस्थितिको लागि सबै सेयर सदस्यहरुमा निमन्त्रणा गरिन्छ ।

  • पूर्वाधार सम्मेलनमा साढे पाँच सय सहभागी

    काठमाडौं- नेपाल उद्योग परिसंघ (सिएनआई)ले नेपाल सरकार तथा विकास साझेदारहरुको सहयोगमा आयोजना गर्न लागेको पूर्वाधार सम्मेलनको तयारी पूरा भएको छ।
    पूर्वाधार विकासको क्षेत्रमा कार्यरत स्वदेशी र विदेशी कम्पनीका पाँच सय ५० प्रतिनिधि सहभागी हुने पक्का भएको काठमाडौंमा आइतबार आयोजित पत्रकार सम्मेलनमा सिएनआईका वरिष्ठ उपाध्यक्ष तथा आयोजक समिति सभापति हरिभक्त शर्माले जानकारी दिए।

    प्रधानमन्त्री सुशील कोइरालाले सम्मेलन उद्घाटन गर्ने सम्मेलनमा भारतका सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गड्करीले विशिष्ट वक्ताका रुपमा भाग लिने छन्। अर्थमन्त्री रामशरण महत, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बिमलेन्द्र निधी, ऊर्जामन्त्री राधा ज्ञवाली र सहरी विकास मन्त्री नारायण खड्काले विशिष्ट वक्ताको रुपमा सम्मेलनलाई सम्बोधन गर्ने छन्।
    प्रमुख वक्तामा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्दराज पोखरेल, उद्योगपति तथा सिएनआईका प्रेसिडेन्ट इमिरिटस विनोद चौधरी, लगानी बोर्डका प्रमुख कार्यकारी अध्यक्ष राधेश पन्त र योजना अयागका सदस्य स्वर्णिम वाग्ले छन्।
    नेपालमा व्यवसायका सम्भावना र अवसर, सामाजिक–आर्थिक प्रगतिका लागि दिगो पूर्वाधार विकास, नेपालमा लगानीको वातावरण, पूर्वाधार लगानी संयन्त्र, नीतिगत प्रयासमा सहजीकरणलगायत विधामा स्वदेशी र विदेशी विषयविज्ञले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो।
    परिसंघ अध्यक्ष नरेन्द्रकुमार बस्न्यातका अनुसार निजी क्षेत्र र सरकार मिलेर पूर्वाधार विकासमा अघि बढ्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्न सम्मेलन आयोजना गरिएको हो। \'यसले नेपाललाई लगानी गन्तव्यका रुपमा अन्तर्राष्ट्रिय समुदायमाझ चिनाउन पनि मद्दत गर्नेछ,\' अध्यक्ष बस्न्यातले भने। उनका अनुसार नेपालमा यस्तो सम्मेलन पहिलोपटक गर्न लागिएको हो।
    सम्मेलनमा एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) जस्ता विकास साझेदारसहित डेढ दर्जन संस्थाको सहयोग छ। कात्तिक २५ र २६ गते बौद्धस्थित होटल हायातमा हुने सम्मेलनको शीर्षक \'पूर्वाधारमा लगानी वृद्धि\' छ। सम्मेलनमा भारत, चीन, जापान लगायतका लगानीकर्ता सहभागी हुने छन्।
     

    कर्मचारीको दृष्टिकोण

    बिषेशताहरु

    • डोल्पा जिल्लामा सहकारीकर्मीहरुको पहिलो भेला
    • राष्ट्र बैंकले खारेज गर्‍यो सात सहकारीको इजाजत
    • संगिनी सहकारीको सहयोग
    • सहकारी ठगी गर्ने पक्राउ
    • कारोबार बैंकबाट गर्न निर्देशन

    फेसबुक

    सम्पर्क