बिषेश सुचना

शुभरत्न बचत तथा ऋण  सहकारी संस्थाको २०७१–७–२८ गते संस्थाको कार्यालय भोटाहिटीमा विहान ८–१० बजेसम्म चौथो बार्षिक साधारण सभा सम्पन्न हुने भएकोले उपस्थितिको लागि सबै सेयर सदस्यहरुमा निमन्त्रणा गरिन्छ ।

  • कारोबार बैंकबाट गर्न निर्देशन

    काठमाडौ- संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले रेमिट्यान्स र वैदेशिक रोजगार व्यवसायीको कारोबार बैंकिङ प्रणालीबाट गर्न निर्देशन दिएको छ। समितिको आइबार बसेको बैठकले यस्तो निर्देशन दिएको हो।

    समितिको निर्देशन प्रभावकारी रूपमा कार्यान्वयन भए देशमा भित्रिने रेमिट्यान्सको यकिन रकम थाह हुन्छ भने बिचौलियालाई कमिसनबापत म्यानपावर व्यवसायीले ठूलो रकम विदेश पठाउने क्रमसमेत रोकिने विश्वास छ। त्यसका साथै यसबाट अवैध हुन्डी कारोबार बन्द हुन्छ। हाल अवैध रूपमा हुन्डीमार्फत ठूलो रकम भित्रिरहेको छ भने मलेसियामा मात्रा कामदार पठाउने कोटा पाउन म्यानपावर व्यवसायीले प्रतिकामदार ३० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म कमिसन बुझाउने गरेका छन्। बिचौलियालाई पठाइने यस्तो रकम पनि हुन्डीमार्फत नै विदेश जान्छ।

    समितिले पीडित कामदारलाई उजुरीका लागि प्रोत्साहित गर्न, परेका उजुरी छिटो फस्र्योट गर्न, अभिमुखीकरण तालिम प्रभावकारी बनाउन र वैदेशिक रोजगार व्यवसायलाई प्रभावकारी अनुमगन गर्न पनि निर्देशन दिएको छ। त्यस्तै समितिले वैदेशिक रोजगारीसँग सम्बन्धित संस्थाहरूलाई जिम्मेवार बनाउन तथा उनीहरूका काम कारबाही पारदर्शी बनाउन ७ दिनभित्र त्यस्ता संस्थाको इजाजतपत्र र नवीकरणसम्बन्धी कागजात, संस्थाको प्रमुख र कर्मचारीको विवरण, शाखा तथा एजेन्टको संख्या, आर्थिक कारोबारका बिल, देशअनुसार पठाएको कामदारको विवरण र प्रक्रियागत कागजातहरू र उजरी तथा उजुरी फस्र्योटसम्बन्धी विवरण पनि मागेको छ। 

    कर्मचारीको दृष्टिकोण

    बिषेशताहरु

    • डोल्पा जिल्लामा सहकारीकर्मीहरुको पहिलो भेला
    • राष्ट्र बैंकले खारेज गर्‍यो सात सहकारीको इजाजत
    • संगिनी सहकारीको सहयोग
    • सहकारी ठगी गर्ने पक्राउ
    • कारोबार बैंकबाट गर्न निर्देशन

    फेसबुक

    सम्पर्क