बिषेश सुचना

शुभरत्न बचत तथा ऋण  सहकारी संस्थाको २०७१–७–२८ गते संस्थाको कार्यालय भोटाहिटीमा विहान ८–१० बजेसम्म चौथो बार्षिक साधारण सभा सम्पन्न हुने भएकोले उपस्थितिको लागि सबै सेयर सदस्यहरुमा निमन्त्रणा गरिन्छ ।

  • संगिनी सहकारीको सहयोग

    संगिनी बचत तथा ऋण सहकारी संस्थाले बेनी नगरपालिका–९, काउले गौंडामा अरिंगालले चिलेर अभिभावक गुमाएका ४ बालिकालाई नगद १० हजार रुपैयाँ सहयोग गरेको छ । संस्थाले गरिब तथा विपन्न परिवारका क्यान्सर पीडित अर्थुंगे–३ का गुनबहादुर विक, पुलाचौर–९ की अनिता परियार र ताकम–२ की गीताञ्जली थापालाई पनि उपचारका लागि ७५ हजार रुपैयाँ उपलब्ध गराएको हालै पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
    महिलाहरूको आफ्नै लगानी र व्यवस्थापनमा सञ्चालित संस्थाले वार्षिक ५ करोडभन्दा बढीको कारोबार गरेको छ । कुल सेयर पुँजी ६१ लाख ३६ हजार, लगानी १ करोड १८ लाख ५६ हजार रहेको संस्थाको कुल कारोबार ५ करोड ८ लाख ६६ हजार र निक्षेप संकलन ६९ लाख ९३ हजार रुपैयाँ छ ।
    त्यस्तै सहकारीले सञ्चालक समिति र कर्मचारीले मासिक बैठक भत्ताबाट ५० रुपैयाँका दरले जम्मा गरी राहत कोष स्थापना गरेको छ । कोषबाट हिंसापीडित महिला तथा बालबालिका, अपांगता भएका, असहाय, बिरामी, विपन्न तथा गरिबलाई सहयोग गर्ने गरेको सहकारी अध्यक्ष अमृता भण्डारीले जानकारी दिइन् ।
    २ वर्षअघि स्थापित उक्त संस्थामा सेयरधनी बचतकर्तासमेत गरी १ हजार ५ सयभन्दा बढी महिला आबद्ध भएको उपाध्यक्ष साधना श्रेष्ठले बताइन् । 

    कर्मचारीको दृष्टिकोण

    बिषेशताहरु

    • डोल्पा जिल्लामा सहकारीकर्मीहरुको पहिलो भेला
    • राष्ट्र बैंकले खारेज गर्‍यो सात सहकारीको इजाजत
    • संगिनी सहकारीको सहयोग
    • सहकारी ठगी गर्ने पक्राउ
    • कारोबार बैंकबाट गर्न निर्देशन

    फेसबुक

    सम्पर्क